![](https://internal.appharu.com/wp-content/uploads/2022/09/logo1-768x270.jpg)
काठमाडौं । आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले दुई जिल्लामा शाखा कार्यालय खोल्न अनुमति पाएको छ ।
नेप्सेले आर्यतारालाई पाल्पा जिल्लाको तानसेन र रुपन्देही जिल्लाको भैरहवामा शाखा खोल्न अनुमति दिएको हो ।
धितोपत्र बोर्ड र नेप्सेको निर्णय अुनसार आर्यतारालाई दुई जिल्लामा शाखा विस्तार गर्न अनुमति दिएको जनाएको छ । शाखा कार्यालयबाट नियमानुसार कारोबार सञ्चालन गर्न नेप्सेले भनेको छ ।
SHARE YOUR THOUGHTS