
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रेहको छ ।
इन्स्योरेन्सले कात्तिक ४ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा र लाभांश प्रयोजनको लागि इन्स्योरेन्सले असोज २६ गते (भोलि) सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
जसअनुसार आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् । हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत उक्त सभाले पारित गर्नेछ ।
सभाले युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जान स्वीकृति प्रदान गर्ने तथा तथा मर्जर सम्बन्धमा सञ्चालक समितिले गरेका अन्य निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन एंव स्वीकृतिका लागि नियमनकारी निकायले कुनै हेरफेर संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने तथा बीमकको संस्थागत सुशासन निर्देशिका बमोजिम विभिन्न समिति तथा उपसमितिहरूलाई प्रदान गरिएको बैठक भत्ता अनुमोदन गर्ने विशेष प्रस्ताव समेत पारित गर्ने छ ।
सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तीनकुने, काठामाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट शुरू हुने छ ।
SHARE YOUR THOUGHTS