भूसाल बिजनेस हाउसले एकै वर्ष गर्यो ६२ करोडको व्यापार « Eglish Khabarhub

भूसाल बिजनेस हाउसले एकै वर्ष गर्यो ६२ करोडको व्यापार



काठमाडौं । भूसाल समूहको भूसाल बिजनेस हाउस प्रालिले एकै वर्ष ६२ करोडको व्यापार गरेको छ ।

निर्माण सम्बन्धी सामग्री बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२२ मा ६२ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा १८ करोड ९० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । नेपालका लागि न्यू होल्यान्ड ब्याकहो लोडरेको आधारिक बिक्रेता रहेको कम्पनीले कृषि औजार, निर्माण सामग्री र हेभी इक्यूपमेन्टको व्यापार गर्दै आएको छ ।

बालकृष्ण भुसाल र अमृत भुसालको स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ८५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एफोर रेटिङ पाएको छ ।

देशभर दुई वटा शोरुम र २५ भन्दा बढी डिलर रहेको कम्पनीले इस्काभेटर, ब्याकहो लोडर, भाइब्रेटर कम्प्याक्टर र कृषि औजार अर्थात् ट्रया्क्टर तथा पाटपूर्जा बिक्री वितरणमा संलग्न छ ।

Publish on: