कोका–कोलाले वैदेशिक रोजगारीमा गएकाहरुलाई दशैं तिहार मनाउन नेपाल ल्यायो « Eglish Khabarhub

कोका–कोलाले वैदेशिक रोजगारीमा गएकाहरुलाई दशैं तिहार मनाउन नेपाल ल्यायो



काठमाडौं । लाखौंको संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । ती मध्ये एकदमै थोरै मात्र हरेक वर्षको दशैंमा घर आउन सक्छन् ।

एक त कमजोर आर्थिक अवस्था, त्यसमाथि फेरी कोरोना कहरले यस्ता धेरै नेपालीहरु घर फर्कन पाएनन् । नेपालीहरुको महान चाड विजयादशमी तथा दिपावलीको अवसर पारेर कोका–कोला नेपालले यस्तै नेपालीहरुलाई चाडबाड मनाउन घर फर्कने व्यवस्था गरेको छ ।

सम्बन्धउत्सव स्वादसँग क्याम्पेन अन्तर्गत कोका–कोलाको वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका १४ जना नेपालीलाई नेपाल ल्याएको थियो ।

वर्षौँदेखि चाहेर बल्ल–बल्ल पुरा भएको उनीहरुको कुवेतदेखि नेपालसम्मको यात्रा, नेपाल फर्किन पाउँदाको उनीहरुको हर्ष, लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको म्याजिकल पलहरुलाई कैद गरेर कोका–कोलाले एउटा भिडियो पनि बनाएको छ, जसलाई कोका–कोलाको युट्युब च्यानल र सामाजिक सञ्जालहरुमा हेर्न सकिन्छ ।

यसरी घर फर्कन पाउनेहरु मध्य एक हुन् कान्छी माया तामाङ, ‘११ वर्षदेखि म वैदेशिक रोजगारमा छु । हरेक वर्ष विशेष गरी दशैं र तिहारमा आफ्नो परिवारसँग हुन नपाउँदा सारै पीडा हुन्थ्यो । तर यो वर्ष भने बल्ल म नेपाल आउन पाएको छु र परिवारसँग दशैं–तिहार मनाउन पाएको छु, मेरो खुशीको सीमा नै छैन । ६ वर्ष पछि मलाई घर ल्याइदिएकोमा कोका–कोलालाई धेरै–धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु’ उनले भनिन् ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला सम्बन्धहरुमा विश्वास गर्छ र खास गरी यस्ता चाडबाडको समयमा सम्बन्धहरुलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहन्छ । त्यसैले हाम्रो यस वर्षको दशैं थिम पनि सम्बन्धउत्सव स्वादसँग राखेका छौँ । यसै सन्दर्भमा हामीले विदेशिएका र लामो समयदेखि आफ्नो परिवारबाट टाढा रहेका नेपालीहरुलाई घर आउने व्यवस्था गरेका छौँ । किनभने दशैंको मुख्य आकर्षण भनेको नै आफ्नो नजिकको मान्छेहरुसँग समय बिताउने अवसर हो । चाडपर्वको अवसरमा उहाँहरुलाई आफ्नो परिवारसँग मिलन गराउन पाएकोमा हामीलाई पनि खुशी लागेको छ ।’

Publish on: