![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सचेत गराउँदै दुईवटा फण्डको कारोबार खुला गरेको छ ।
नेप्सेले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्डको कारोबार फुकुवा गरेको छ ।
दुवै फण्डले सेयर कारोबार भइरहेको समयमा प्रतिफल घोषणा सम्बन्धी पत्र पठाएको भन्दै सेयर कारोबार रोक्का गरेको थियो ।
अब उप्रान्त त्यस्तो कमि कमजोरी नगर्ने-नगराउने प्रतिबद्धता जनाएपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/image-36-665x768.png)
SHARE YOUR THOUGHTS