प्रारम्भिक मतगणनाः ओली र सिटौलालाई आफ्नै गाउँमा धक्का « Eglish Khabarhub

प्रारम्भिक मतगणनाः ओली र सिटौलालाई आफ्नै गाउँमा धक्का



काठमाडौं ।  दोस्रो चरणको स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणामले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई आफ्नै गाउँ धक्का पाएका छन् ।
प्रारम्भिक मतगणना ओलीको गृहनगर दमक नगरपालिकामा एमाओवादीले अग्रता लिएको छ भने सिटौलाको गृहनगर भद्रपुरमा एमालेले अग्रता लिएको छ ।
भद्रपुरमा ५ सय मत गन्दा एमालेले मेयरमा १६६ मत पाएको भने माओवादी केन्द्रले ११८ ल्याएको छ। ९२ मतसहित कांग्रेस तेस्रो स्थानमा छ।
त्यसैगरी, उपमेयरमा एमालेले १८६ मत ल्याएको छ भने माओवादी केन्द्र १०२ मत पाएको छ। कांग्रेस उम्मेदवार ७५ मत पाएका छन्।
ओलीको गाउँ दमकमा जम्मा ९९ मत गन्दा माओवादीका मेयरका उम्मेद्वार गगन पुरीले २९ मत ल्याएका छन् भने एमालेका उम्मेद्वार रोमनाथ ओली २४ ल्याएका छन् । त्यस्तै, कांग्रेसका उम्मेद्वार राम थापाले १९ मत प्राप्त गरेका छन् ।

Publish on: