२८ मंसिर २०८२, शनिबार

राजस्वले कमिशनमा भ्याट लगाउन पत्राचार गरेपछि ब्रोकरले ठप्प पारे सेयर कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आन्तरिक राजस्व कार्यालयले सेयर ब्रोकहरुलाई कमशिनमा पनि भ्याट तिर्न परिपत्र्र गरेपछि ब्रोकरहरु बिरोधमा उत्रिएका छन् ।

ब्रोकरहरुले बिहीबार सेयर कारोबार ठप्प पार्ने निर्णय गर्दै छलफलका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड पुगेका छन् ।

सरकारले कमिशनमा ध्याट तिर्नुपर्ने व्यवस्था फिर्ता नगरेसम्म वा अर्को व्यवस्था नगरेसम्म कारोबार ठप्प पार्ने स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए ।

‘राजस्व कार्यालयले कमिशनको पनि ध्याट तिर्न भन्दै परिपत्र गरेको छ, आगामी दिनको कारोबारमा मात्रै होइन, पुरानो कारोबारको पनि भ्याट तिर्नुपर्ने भन्दै राजस्वले परिपत्र गरेपछि हामी व्यवसायीहरुले कारोबार ठप्प पार्नु परेको हो,’ अध्यक्ष रेग्मीले क्लिकमाण्डूसँग भने ।

कर लगाउने विषय बजेटमा उल्लेख हुनुपर्ने रेग्मीको तर्क छ । ‘बजेटमा ब्यवस्थै नगरी यसरी पश्चगामी कर लगाउन मिल्दैन,’ उनले भने ।

महालेखा परीक्षकको कार्यालयले ब्रोकरको कमिसनमा पनि भ्याट लगाउनु पर्छ भन्दै अर्थ मन्त्रालयलाई बेरुजु लेखेपछि सरकारले आर्थिक बर्ष २०६९/७० देखि अहिलेसम्मको भ्याट बुझाउन ब्रोकरलाई पत्र लेखेको छ।

आन्तरिक राजश्व कार्यालयले २ ब्रोकरलाई पुरानो भ्याट, जरिवाना र त्यसमा लाग्ने ब्याज भुक्तानी गर्न पत्र लेखेको छ।

त्यसैगरी, बाँकी ब्रोकरलाई फुल अडिटका लागि पत्र लेखेको र सबै ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुनसमेत निर्देशन दिएको छ। अहिले ५० वटा ब्रोकरहरु सञ्चालनमा छन्।