![](https://internal.appharu.com/wp-content/uploads/2022/11/20-768x432.jpg)
काठमाडौं । विनोद चौधरी अर्थात् विश्वविख्यात म्यागेजिन फोर्ब्सले सूचीकरण गरेका नेपालका एकमात्र डलर अर्बपति (नेपाली रुपैयाँमा खर्बपति) । विश्वका धनीहरुको सूचीमा १९२९औं नम्बरमा रहेका चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर अर्थात् झन्डै २ खर्ब रुपैयाँ बराबरको छ ।
नेपालकै सबैभन्दा धनी मान्छेको पहिचान बनाएका चौधरीलाई विलासी जीवन जिउनका लागि नपुग्दो केही थिएन र छैन पनि । तर, देशको विकास गर्ने र समाजमा रहेको गरिबी निर्मूल पार्ने उदेश्यसहित यतिखेर चौधरी राजनीतिमा होमिएका छन् ।
‘मैले चौधरी ग्रुपलाई देश विदेशमा फैलाएँ, हजारौंलाई रोजगारी दिएँ, राज्यलाई अर्बौं कर तिरेँ,’ चौधरी भन्छन्, ‘एउटा उद्योगी व्यवसायीले गर्नसक्ने जति गरेँ । तर, सिंगो देश र आम समाजलाई सम्मृद्ध बनाउन कुनै व्यापारीले मात्रै सक्दैन भन्ने निष्कर्ष निकाल्दै पूर्णकालीन राजनीतिमा होमिएको हूँ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/39-768x512.jpg)
अहिले चौधरीको परिचय फेरिएको छ । उनी आफूलाई धनाड्यमात्रै भन्दा खुसी हुँदैनन् । नेता र समाजसेवीका रुपमा आफूलाई स्थापित गर्न चाहन्छन् ।
‘राजनीतिमा आउने भएपछि मैले व्यापार व्यवसाय परिवारका अन्य सदस्यलाई जिम्मा लगाएको छु, अबको मेरो बाँकी जीवन जनता र देशको सेवामा लगाउने छु,’ उनले भने ।
आगामी मंसिर ४ गतेको निर्वाचनका लागि नेपाली कांग्रेसले चौधरीलाई नवलपरासी क्षेत्र नं. १ का लागि संघीय सांसदको प्रत्यक्षतर्फको टिकट दिएको छ । यसअघि दुई पटक समानुपातिकतर्फबाट सांसद् बनिसकेका चौधरी पहिलोपटक प्रत्यक्ष चुनाव उठेका छन् । त्यो पनि नेपाली राजनीतिको स्थापित नाम ऋदयेश त्रिपाठीसँग ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/52-768x512.jpg)
नवलपरासी क्षेत्र नं. १ का अधिकांश ठाउँहरु देहात छन् । भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको व्यथा उस्तै छ । केही सातायता चौधरी तीनै देहातका जनतासँगै गाउँले जीवनशैलीमा देखिन्छन् । एकछाक के खाउँ ? र, एकसरो के लाउँ ? भन्ने विपन्नहरुसँग चौधरी भलाकुसारी गर्दै हिँडिरहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/51-768x512.jpg)
‘विगतमा ठूलो आसा गरेर यहाँका जनताले विभिन्न नेताहरुलाई चुनाव जिताए, चुनाव जितेपछि नेताले जनताको मर्का बुझेनन्,’ उनले भने, ‘म सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे होइन, सामान्य परिवारबाट चरम संघर्ष गरेर उठेको व्यक्ति हुँ । मलाई भूईंमान्छेको पीरव्यथा थाहा छ । म राजनीति गर्न राजनीतिमा आएको होइन, देशको विकास र जनतालाई सम्मृद्धि बनाउन आएको हूँ ।’
आफू निर्वाचित भएको खण्डमा गरिबहरुहरुलाई सम्मृद्ध बनाउने नीति लिने उनको भनाइ छ ।
‘यतिञ्जेल हामीले राजनीति गर्यौं, अब विकास गरौं,’ उनले आफ्ना चुनावी भाषणहरु तथा मतदातासँगको छलफलमा पटक पटक दोहोर्याउँदै आएका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/53-768x512.jpg)
करोडौंका बिलासी महल र विलासी गाडी छाडेर यतिवेला चौधरी सामान्य गाउँले जीवन बिताइरहेका छन् । कतिपयले यो उनको चुनाव जित्ने स्टण्ड हो भन्दै आलोचना पनि गरिरहेका छन् । तर, चौधरी भने त्यस्ता आलोचना अस्वीकार गर्छन् ।
‘सांसदमात्रै बन्नु मेरो ध्येय थियो भने त म आरामदायी जिवन बिताइबिताइ पनि समानुपातिक कोटाबाट सांसद् बन्न सक्ने थिएँ,’ उनले भने, ‘राजनीति गर्ने हो भने जनताको राजनीति गर्नुपर्छ, देहातका जनताको भावना बुझ्नुपर्छ भनेर प्रत्यक्ष चुनाव उठ्ने चुनौति लिएको हुँ ।’
आफ्नो निर्वाचन क्षेत्रका जनताको ठूलो आकांक्ष नभएको उनको भनाइ छ ।
‘यसअघि चुनाव जिताएर पठाएका नेताले केही पनि गरेका रहेनछन्, अब म यहाँका जनतालाई सपना देख्न सिकाउँछु,’ उनले भनेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रलाई सम्मृद्ध बनाउने ३१ योजना चौधरीले सार्वजनिक गरिसकेका छन् । उनका योजनाहरु स्थानीय विकास र जनताको आर्थिक अवस्था उकास्नेमै केन्द्रित छन् ।
‘जसरी म एउटा सामान्य परिवारबाट संघर्ष गरेर विश्वकै धनीहरुको सूचिमा पर्न सफल भएँ, यो मैले देखेको सपना र कडा परिश्रमका कारणले हो,’ उनी भन्छन्, ‘यहाँका जनतालाई पनि सपना देख्न सिकाउँछु । धनी र असल बन्न सिकाउँछु ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/18-768x432.jpg)
जनतासँग घुलमिल हुनका लागि चौधरी सामान्य मान्छेले बिताउने जस्तै जिवन बिताएर आफूलाई सरल व्यक्ति भएको प्रमाणित गरिरहेका छन् ।
जनताका चुल्होमा जे पाक्यो त्यही खान्छन् । मोटरसाइकलको पछि बसेर भोट माग्न जान्छन् । कहिले जनताका गोठमा गाईबस्तुको अवलोकन गरिरहेको भेटिन्छन् । कहिले ट्र्याक्टर चलाइरहेका देखिन्छन् त कहिले देहातका पानपसलमा बसेर गाउँलेहरुलाई आफ्ना कुरा सुनाइरहेका देखिन्छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/Capture.jpg)
चौधरीको चुनावी प्रचारको शैली दुरुस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तै देखिन्छ । मोदीको शैलीलाई भारतीय जनताले अत्याधिक मन पारएका छन् । चौधरीको शैलीलाई नवलपरासीका जनताले मन पराउँछन् वा पराउँदैनन् त्यो हेर्न भने मंसिर ४ कुर्नै पर्ने हुन्छ ।
‘चौधरीले चुनाव जित्लान् वा हार्लान् त्यो फरक पाटो हो, किनभने चुनाव गणितको खेल हो,’ स्थानीय एक पत्रकारले भने, ‘तर, चौधरीले यहाँका जनताको मन जितिसकेका छन्, यहाँका जनताले उनलाई कहिल्यै भूल्ने छैनन् । सायदै पहिलोपटक यतिधेरै धनी व्यक्ति देखेका स्थानीय चौधरीको सरल र मिजासिलोपनासँग मोहित छन् ।’
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/1-3-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/42-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/1-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/2-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/13-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/3-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/16-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/17-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/19-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/4-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/24-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/33-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/46-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/34-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/35-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/32-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/3-1-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/21-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/23-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/38-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/6-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/26-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/40-768x346.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/44-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/37-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/27-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/29-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/30-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/36-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/41-768x346.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/47-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/55-768x692.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/10-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/43-768x432.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/48-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/50-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/49-768x512.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/7-768x512.jpg)
SHARE YOUR THOUGHTS