![](https://internal.appharu.com/wp-content/uploads/2022/11/jyoti-life-agm-768x556.jpg)
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको मर्जरमा जाने प्रस्ताव पारित भएको छ ।
आज बसेको यी दुवै कम्पनीको साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । ज्योति लाइफको पाँचौं वार्षिक साधारणसभा वाटरफ्रन्ट रिसोर्ट पोखरामा सम्पन्न भएको हो ।
यस्तै, सूर्या लाइफको साधारणसभा हैरिसन प्यालेस, विराटनगर, बजरंगबलीमार्ग, विराटनगरमा सम्पन्न भएको हो । यी दुई कम्पनी १ः०.८२४५ कित्ता सेयर आदनप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पारित गरेको छ ।
सभाले संचालक समितिले प्रस्तुत गर्ने आथिर्क वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आथिर्क वर्ष २०७७/७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ । बाह्य लेखापरिक्षक नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरिक्षक नै नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ ।
सभाले मर्जर पश्चात् सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामाकरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, आज बसेको सभाले मर्जर कार्यसँग सम्बन्धीत प्रचलित कानुन, नियम, निर्देशिकाहरु बमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पुरा गरि अन्तिम स्विकृती लिने सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।
मर्जर पछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृतमा भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन् । स्रोतका अनुसार दुवै कम्पनीको एकीकृत कारोबार मंसिरबाट हुने भएको छ ।
SHARE YOUR THOUGHTS