![](https://internal.appharu.com/wp-content/uploads/2022/11/kp-oli-5-768x512.jpg)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्दै मंसिर १५ गतेभित्र एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।
ओलीले सूर्यविनायक नगरपालिका बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदान गर्दै उक्त कुरा बताएका छन् ।
‘चुनावले राम्रो नतिजा आउने अपेक्षा गरेको छु । युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयास भएका छन्’ उनले भने, ‘सचेत नेपाली जनताले परास्त गरेको देख्छु ।’
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/kp-oli-voting-768x512.jpg)
ओलीले मतदान गर्न बाँकी रहेका मतदाताहरूलाई समेत भएर मतदान गर्न आग्रह गरेका छन् ।
उनले रोल्पा, चितवन, रौतहट लगायतका स्थानमा केही घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण रहेको बताए ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/11/kp-oli-ptoing-768x512.jpg)
SHARE YOUR THOUGHTS