मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखाको बैतेश्वर गाउँपालिकामा चार राउण्ड हवाई फायर


काठमाडौं । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–२ मा रहेको जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

मतदान मतदान केन्द्रमा बाहिर रहेका व्यक्ति केन्द्र भित्र जान खोजेपछि स्थिती तनावग्रस्त भएको थियो ।

उक्त केन्द्रमा रहेका व्यक्ति र मतदाताले मतपेटि खोस्न खोजेको र प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ । उक्त क्षेत्रमा थप प्रहरी परिचालन गरिएको बताइएको छ ।