![](https://internal.appharu.com/wp-content/uploads/2022/11/sindhupalchowk-768x432.jpg)
सिन्धुपाल्चोक । जारी मतदानका क्रममा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए ।
ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् ।
SHARE YOUR THOUGHTS