
काठमाडौं । आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले ५२ हजार ३१५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिस्पर्धिका रुपमा देखिएका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत प्राप्त गरे ।
ओली र अधिकारीबीच २८ हजार ५७४ को मतान्तर देखिएको छ ।
SHARE YOUR THOUGHTS