
काठमाडौं । हिमालयन डिस्टिलरी कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीका एक अधिकारीका अनुसार शुक्रबार बसेको सञ्चलाक समितिको बैठकले ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
७० प्रतिशत लाभांश मध्ये ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीको यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
SHARE YOUR THOUGHTS