
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा आएको सुधारसँगै कारोबार रकम बढेको छ ।
बजार मापन गर्ने सूचक ३२.४३ अंकले बढेर १९६५.९८ बिन्दुमा रोकिएको छ । २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा दोहोरो अंकको सुधार आउँदा अधिकांश समुहको उपसूचमा सुधार आएको छ । बैंकिङ १९.१८, विकास बैंक ६४.०७, वित्त ३५.७७, होटल ३६.३४, जलविद्युत ३७.५४, जीवन बीमा ९९.४०, उत्पादन तथा प्रशोधन समूहको ११४.१४, माइक्रोफाइनान्स १३०.४४, निर्जीबन बीमा समूहको उपसूचक ७६.२९ अंकले बढेको छ ।
कारोबारमा डिप्रोक्स लघुवित्त, जीवन विकास लघुवित्त वित्तीय संस्था, कुमारी बैंक, ग्रिनलाइफ हाईड्रोपावर, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने धेरै म्युचुअल फण्डका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । कम्पनीको ४५ करोड ४ लाख ७ हजार ११९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र नेपाल दूरसञ्चार कम्पनी रहेका छन् । नबिल बैंकको १२ करोड ३ लाख २१ हजारको सेयर किनबेच भएको छ भने नेपाल दूरसञ्चार कम्पनीको ९ करोड ७९ लाख ६३ हजार ८३३ रुपैयाँको सेयर किनबेच भएको छ ।

SHARE YOUR THOUGHTS