
काठमाडौं । नेपाल हाईड्रो डेभलोपर कम्पनीले लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकामा ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

SHARE YOUR THOUGHTS