काठमाडौं । अहिलेसम्म सञ्चालनमा रहेका कम्पनीमध्ये ७५ वटा कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा १३ वटा वाणिज्य बैंकसहित बीमा कम्पनी, जलविद्युत कम्पनी, म्यूचुअल फण्ड लगायत रहेका छन् ।
लाभांश घोषणा गरेका कम्पनीले यो वर्ष बोनसमाभन्दा नगदलाई बढी प्राथमिकता दिएका छन् । यो वर्ष बैंक, बीमा कम्पनी, जलविद्युत कम्पनीले बोनस भन्दा नगदमा जोड दिएका छन् ।
अहिलेसम्म लाभांश घोषणा गर्ने कम्पनीमा वाणिज्य बैंक १३, ४ वटा विकास बैंक, ८ वटा जलविद्युत कम्पनी, ४ वटा जीवन बीमा कम्पनी, ३ वटा माइक्रोफाइनान्स, ७ वटा निर्जीबन बीमा कम्पनी तथा २ दर्जन बढी म्युचुअल फण्ड लगायतका कम्पनीले लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका केही कम्पनीले साधारणसभा सम्पन्न गरेर लगानीकर्ताले पनि लाभांश पाइसकेका छन् । केहीको भने सभा हुन नै बाँकी रहेको छ ।
वाणिज्य बैंक
सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये अहिलेसम्म १४ वटा बैंकले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ६ र नगद १४.९५ प्रतिशत रहेको छ ।
कुमारीले १२.५ प्रतिशत नगद लाभांश दिने भएको छ भने सिटिजन्सले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । यस्तै एनसीसी बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकोमा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश रहेको छ । यी बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेका हुन् । यसमध्ये कुमारी, सिटिजन्स र एनसीसी बैंकलले सभा गरेर लाभांश दिइसकेका छन् ।
यस्तै सेञ्चुरी बैंकले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ४.७५, नगद ०.२५, नेपाल एसबीआई बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ७ र नगद ७.५३ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ६.५, नगद १.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ४ र नगद ७ प्रतिशत रहेको छ ।
यस्तै मेगा बैंकले ७.७९ प्रतिशत लाभांश घोषणा गरेकामा ४ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद, एभरेष्ट बैंकले २०.६८ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस १३ र ७.६८ प्रतिशत नगद, स्टयान्डर्ड चार्टर्ड बैंकको नगद मात्रै १६.५१ प्रतिशत, ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद तथा सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
जसमा बोनस १० र नगद ०.९८ प्रतिशत रहेको छ । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले यो बर्ष भने बोनस सेयर नदिने भएको छ ।
४ विकास बैंक
अहिलेसम्म ४ वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । जसमा मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत, लुम्बिनी विकास बैंक १२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक १४, गरिमा विकास बैंकले १४.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
८ वटा जलविद्युत कम्पनी
अहिलेसम्म ८ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.४२ प्रतिशत, नेपाल हाईड्रो डेभलोपर ५.०२, युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रोपावर १०.५२, रिडी पावर कम्पनी ४२.१, माउन्टेन इनर्जी १०.५२, रु रु जलविद्यु्त परियोजना १०.५२, अरुण काबेली १०.५२ र सानिमा माई हाइड्रोपावरले लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले घोषणा गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
यो अवधिमा आईसीएफसी फाइनान्सले १०, सोल्टी होटलले २६.३१, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ५.२६, नेपाल इन्फ्रास्टक्चर बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
४ जीवन बीमा कम्पनी
अहिलेसम्म नेपाल लाइफ, प्राइम लाइफ, नेशनल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सले १५.७८, नेसनल लाइफ इन्स्योरेन्सले १५.७८ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.२६, प्राइम लाइफले १३.६८ प्रतिशत लाभांश दिने भएका छन् । जसमा नेपाल र नेशनल लाइफको सभाले लाभांश पारित गरिसकेको छ ।
यता बोटलर्स नेपाल तराई र बालाजुले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद र बालाजुले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् । दुवै कम्पनीको प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
नेपाल ल्युब आयलले लाभांश घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगदसहित ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले असोज २८ गते ३१ औं बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि असोज १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभा याक प्यालेस पुल्चोकमा हुने भएको छ । उक्त सभाले लाभांश पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
हाथवे इन्भेष्टमेन्ट कम्पनीले पनि लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाले परित गरेपनि लगानीकर्ताले पाउनेछन् ।
युनिलिभर नेपालले १२१५ रुपैयाँ नगद लाभाश दिने भएको छ । यस्तै हिमालयन डिस्ट्रिलरीले ७० प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६० । नगद १० प्रतिशत रहेको छ ।
५ माइक्रोफाइनान्स
अहिलेसम्म पाँच वटा माइक्रोफाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा फस्ट माइक्रोफाइनान्स कम्पनीले २०, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ७६.८४ प्रतिशत लाभांश दिने भएको छ । यस्तै आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २७.३६ र साना किसान लघुवित्त वित्तीय संस्थाले २७.३६ प्रतिशत लाभांश दिने भएको छ ।
७ निर्जीबन बीमा कम्पनी
अहिलेसम्म ७ वटा निर्जीबन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा नेको इन्स्योरेन्सले १५.७९, एनएलजी १०.५२, आइएमई जनरलले ६.८४, सिद्धार्थले ९.४७, प्रिमियरले १५, युनाइटेड ५.२६ र नेपाल इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने भएका छन् ।
२७ वटा म्युचुअल फण्ड
अहिलेसम्म २७ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा बढी एनआईसी एसिया क्यापिटलको रहेको छ । क्यापिटलले ५५ प्रतिशत लाभांश दिने छ ।
जसमा सनराइज क्यापिटल फण्ड अन्तर्गतको सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फण्डले आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट करसहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
सानिमा इक्विटी फण्डले इकाईधनीलाई २२ प्रतिशत लाभांश घोषणा गरेको छ भने सानिमा क्यापिटलले १५.७८ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ५ प्रतिशत, एनआईसी एसिया क्यापिटलले ५५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ५ प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै एनएमबी हाईब्रिड फण्ड एल–१ ले २१.०५ प्रतिशत, एनएमबी–५० ले २१.०५, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत, कुमारी क्यापिटलले ५ प्रतिशत, एनआईबीएल प्रगति फण्डले ४.२ प्रतिशत र एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत लाभांश दिने भएका छन् ।
यस्तै सिद्धार्थ क्यापिटलले २५, आरबीबी मर्चेन्ट बैंकिङ ७.५, सिद्धार्थ सहभागीता फण्ड ७.२, बिओके क्यापिटल मार्केट ५.७९, एनएमबी क्यापिटल २१.०५, नबिल इक्विटी ५, नबिल ब्यालेन्स फण्ड–२ को ७, सनराइज क्यापिटल २५, एनआईबीएल एस क्यापिटल २०, एनआईसी एशिया नाइनामिक डेफ्त फण्ड ६, एनआईसी एशिया ग्रोथ फण्ड १३ र एनआईसी एशिया ब्यालेन्स फण्डले १३ प्रतिशत लाभांश दिने भएको छ ।
SHARE YOUR THOUGHTS