सेयर लगानीकर्ताको सम्पत्ति करिब ४० अर्ब ले घट्यो « Eglish Khabarhub

सेयर लगानीकर्ताको सम्पत्ति करिब ४० अर्ब ले घट्यो



काठमाडौं । यो साता सेयर बजारमा ३४.६७ अंकको गिरावट आएको छ ।

यो साता बजारमा गिरावट आउनुका साथै लगानीकर्ताको सम्पत्तिमा समेत क्षति भएको छ ।

यो साता लगानीकर्ताको सम्पत्ति ३९ अर्ब ८९ करोड ३० लाख रुपैयाँले घटेको छ । गत बिहीबार १९७१.२८ बिन्दुमा रोकिएको बजार यो साताको अन्तिम कारोबार दिनसम्म आईपुग्दा ३४.६७ अंकले घटेर १८८२.६१ बिन्दुमा रोकिएको छ ।

साताको पहिलो दिन आइतबार बजार ३१.९७ अंकले घटेर १८८५.३१ बिन्दुमा रोकिएको थियो । साताको पहिलो दिन घटेको बजार सोमबार भने केही सुधार देखियो । सोमबार बजार १६.९६ अंकले बढेर १९०२.२७ बिन्दुमा रोकिएको थियो ।

सोमबार बढेको बजारमा मंगलबार भने केही गिरावट देखियो । मंगलबार बजारमा २.५६ अंकले घटेर बजार १८९९.७१ बिन्दुमा रोकियो । यस्तै बुधबार पनि बजारमा सामान्य गिरावट देखियो । मंगलबार १८९९.७१ बिन्दुमा रहेको बजार बुधबार २.५६ अंकले घटेर १८९७.०९ बिन्दुमा रोकियो । यस्तै बिहीबार पनि बजार १४.४८ अंकले घटेर १८८२.६० बिन्दुमा रोकिएको छ ।

यो साता बजार मात्रै घटेको छैन । लगानीकर्ताको सम्पत्ति पनि निकै घटेको छ । यो साता लगानीकर्ताको सम्पत्ति ३९ अर्ब ८९ करोड ३० लाख रुपैयाँले घटेको छ ।

गत साताको अन्तिम कारोबारमा २७ खर्ब ६१ अर्ब ५६ लाख रुपैयाँ रहेको बजार पुँजीकरण बिहीबारसम्म आइपुग्दा ३९ अर्ब ८९ करोड ३० लाख रुपैयाँले घटेर २७ खर्ब २१ अर्ब ११ करोड २२ लाख रुपैयाँमा सिमित भएको छ ।

Publish on: