बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई पनि तोकिदियो लगानीका क्षेत्रहरु, कहाँ कहाँ पाउँछन् ? « Eglish Khabarhub

बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई पनि तोकिदियो लगानीका क्षेत्रहरु, कहाँ कहाँ पाउँछन् ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई समेत लगानीका क्षेत्रहरु तोकिदिएको छ ।

बीमा प्राधिकरणले मंसिर ११ गते ७ वटा कम्पनीहरुलाई लघुबीमा व्यवसाय गर्ने अनुमति दिएको छ । प्राधिकरणले ३ वटा कम्पनीलाई लघु जीवन बीमा र ४ वटा कम्पनीलाई लघु निर्जीवन बीमाको व्यवसाय गर्ने अनुमति दिएको थियो ।

तर, कम्पनीहरुले कारोबार भने थालनी गरेका छैनन् ।

प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीसँगै लघुबीमा कम्पनीलाई पनि लगानी गर्नुपर्ने क्षेत्र तथा सीमा तोकिदिएको हो ।

प्राधिकरणले विभिन्न ८ वटा क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरिदिएको छ । प्राधिकरणकाअनुसार लघुबीमा व्यवसाय गर्ने कम्पनीहरुले नेपाल सरकारको बचतपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप र पूर्वाधार विकास बैंको मुद्दती निक्षेप, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेप, बैंक तथा वित्तीय संस्थाको ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा लगानी गर्ने सक्नेछन् ।

कम्पनीहरुले नेपाल सरकारको बचतपत्रमा कुल लगाीको कम्तीमा २५ प्रपतिशतसम्म, वाणिज्य बैंकको मुद्दती निक्षेप र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशतसम्म, विकास बैंकको मुद्दती निक्षेपमा, कुल लगानीको बढीमा १० प्रतिशतसम्म र फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा कुल लगानीको बढीमा ५ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था प्राधिकरणले गरिदिएको छ ।

यस्तै, लघुबीमा व्यवसाय गर्ने कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको ऋणपत्रमा कुल लगानीको बढीमा ३० प्रतिशतसम्म, सूचीकृत पब्लिक कम्पनीको ऋणपत्रमा बढीमा कुल लगानीको बढीमा २० प्रतिशतसम्म, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म र नागरिक लगानी कोष तथा म्युचुअल फण्का लगानी योजनाहरुमा कुल लगानीको बढीमा ५ प्रतिशतसमम लगानी गर्न सक्ने व्यवश्था प्राधिकरणले गरिदिएको छ ।

घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक ३ वर्षमा एकपटक मूल्याङ्कन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

बीमकले यस निर्देशनको अधिनमा रही लगानी नीति तयार गर्नुपर्नेछ र उक्त लगानी नीतिमा कम्पनीमा विभिन्न सात वटा विषयहरु खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

कम्पनीहरुले बीमकको लगानीमा रहन सक्ने अन्तर्निहित जोखिम र सोको व्यवस्थापन, सम्पत्ति दायित्व तथा तरलता व्यवस्थापन, लगानी गर्ने सम्बन्धमा प्रक्रियागत व्यवस्था, अख्तियार प्रत्यायोजन, लगानीसँग सम्बन्धित आन्तरिक नियन्त्रण प्रणाली, लगानीका सम्बन्धमा सञ्चालक समिति तथा उच्च व्यवस्थापन समक्ष पेश गर्नुपर्ने प्रतिवेदन र बीमकले आवश्यक ठानेका अन्य विषय खुलाउनुपर्ने छ ।

कम्पनीहरुले लगानी गर्दा बीमा सम्बन्धी दायित्वको अवधिलाई ख्याल गरी लगानी गर्नुपर्ने छ ।

यस्तै, बीमकले सहायक कम्पनीमा लगानी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने छ । लगानी गर्दा बीमा सम्बन्धी दायित्वको अवधिलाई ख्याल गरी लगानी गर्नुपर्ने छ ।

लगानी गर्दा बाँकी दाबी बराबरको रकम दुई वा सो भन्दा कम अवधिको मुद्दती निक्षेमा लगानी गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

कम्पनीहरुले यस निर्देशिकाबमोजिम कुल लगानीको आधारमा कायम गर्नुपर्ने लगानीको सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ ।

कुनै कारणले निर्देशनमा भएको न्यूनत भन्दा कम र उच्चतम भन्दा बढी भएको अवस्था देखिएमा त्यसरी सीमा नाघेको ३० कार्यदिन भित्र त्यस्तो लगानीलाईै सीमाभित्र ल्याई सक्नुपर्ने छ ।

तर, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप वा डिवेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने प्राधिकरणले जनाएको छ ।

यस्तै, कम्पनीहरुले नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी नियकृय कर्जा नरहेको र नेपाल राष्ट्र बैंकबाट शीघ्र सुधारात्मक कारबाहीमा नपरेको बैंक वा वित्तीय संस्थामा लगानी गर्न सक्नेछन् ।

Publish on: