![](https://internal.appharu.com/wp-content/uploads/2019/01/union-life-insurance.jpg)
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/12/image-55-683x768.png)
SHARE YOUR THOUGHTS