![](https://internal.appharu.com/wp-content/uploads/2022/12/rajendra-lingden-768x512.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्ता गर्दै छन् ।
मन्त्रिमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । उनी उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् ।
त्यस्तै उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन् ।
चितवनबाट निर्वाचित विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् भने सांसद दिपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् ।
आज दिउँसो १ बजे नयाँ मन्त्रीहरूको राष्ट्रपति कार्यालययमा शपथ गरिने तयारी छ ।
SHARE YOUR THOUGHTS