
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.९१ अंकले बढेर परिसूचक २१३०.२९ बिन्दुमा रोकिएको छ ।
कारोबारमा बैंकिङ समूहको १.०८, जलविद्युत ०.४३, जीवन बीमा ३५.३६, निर्जीबन बीमा ६.९५, अन्य समूहको उपसूचक १६.२१ अंकले बढेको छ । यस्तै होटलको ६.४८ र माइक्रोफाइनान्स समूहको उपसूचक २.४३ प्रतिशतले घटेको छ ।
१३ कम्पनीको १ हजार १०३ कित्ता सेयर ६ लाख १० हजार १४६ रुपैयाँमा किनबेच भएको छ ।