सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो « Eglish Khabarhub

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजारमा सामान्य सुधार आउँदा कारोबार रकम भने सुधार हुन सकेको छैन ।

बजारमा ४.९७ अंकको बढोत्तरी आउँदा परिसूचक २११६.६५ बिन्दुमा रोकिएको छ । २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.६२, विकास बैक ४५.६५, वित्त ९.५४, होटल तथा पर्यटन ५०.४८, जलविद्युत ३.७७, जीवन बीमा ८८.०५, उत्पादन तथा प्रशोधन समूहको २८, निर्जीबन बीमा समूहको उपसूचक २०.०५ अंकले बढेको छ ।

यस्तै लगानी समूहको ०.३५, माइक्रोफाइनान्स १५.४८, अन्य १.२७ र ट्रेडिङ समूहको उपसूचक ३.३६ अंकले घटेको छ ।
बजारमा सामान्य सुधार आउँदा पनि आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा सगरमाथा इन्स्योरेन्स, मानुषी लघुवित्त वित्तीय संस्था, गुराँस लाईफ इन्स्योरेन्स, एनएमबि ५० का लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नलिब बैंक अग्रस्थानमा रहेको छ । यो दिन कम्पनीको ५ करोड ९३ लाख ३९ हजार ४४४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र एनआईसी एशिया बैंक रहेका छन् ।

Publish on: