![](https://internal.appharu.com/wp-content/uploads/2022/11/ravi-lamichane-768x512.jpg)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।
आइतबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछाने जानकारी दिए ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।
SHARE YOUR THOUGHTS