![](https://internal.appharu.com/wp-content/uploads/2017/09/remitance.jpg)
काठमाडौं । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भई नयाँ रेकर्ड कायम गरेको हो ।
नेपालमा पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ । अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको रेमिट्यान्स पछिल्ला महिनाहरुमा नयाँ रेकर्ड कायम गरेको देखिन्छ ।
गत मंसिरमा पहिलोपटक एकै महिना १ खर्ब बढी रेमिट्यान्स आप्रवाह भएको थियो । मंसिरमा १ खर्ब २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो ।
नेपालमा यसअघि मासिक ९० देखि ९७ अर्बको हाराहारीमा रेमिट्यान्स आप्रवाह हुँदै आएको थियो । तर, मंसिर र पुस महिनामा एक खर्ब रुपैयाँ बढी रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
पुस महिनामा१ खर्ब ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । जुन हालसम्मकै उच्च हो ।
चालु आर्थिक वर्षको साउन महिनामा नेपालमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । त्यस्तै, भदौमा ९४ अर्ब ८३ करोड रुपैयाँ, असोजमा ९४ अर्ब १ करोड रुपैयाँ र कात्तिकमा ९६ अर्ब ९९ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो।
SHARE YOUR THOUGHTS