![](https://internal.appharu.com/wp-content/uploads/2023/02/mahanagar-dojar-768x386.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ ।
सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत महानगरले प्रहरीसँगको सहकार्यमा मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिटमा डोजर चलाएको हो ।
महानगरले बिट हटाउन आग्रह गरेपछि प्रहरीले बिटमा रहेका सामान सारेका थिए ।
SHARE YOUR THOUGHTS