बैंकिङ

आशा लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।