कर्जा प्रवाह, नविकरणमा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था « Eglish Khabarhub

कर्जा प्रवाह, नविकरणमा राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह तथा नविकरणमा नयाँ व्यवस्था गरेको छ ।

बिहीबार राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त“क”, “ख” र “ग”वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन तथा परिमार्जन गर्दै नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थामा इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह-नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालु पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने छ इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो ।

यस्तै भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जा÷सापटलाई कुनै पनि अवस्थामा खराब कर्जामा वर्गीकरण गर्नु पर्नेछ र सो को लागि बैंक तथा वित्तीय संस्थाले उपयुक्त प्रणाली एवम् पूर्वाधारको विकास गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Publish on: