![](https://internal.appharu.com/wp-content/uploads/2023/02/SCT-768x413.jpg)
डिस्कबर फाइनन्सियल सर्भिस, डाइनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्ड एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएममा चलाउन मिल्ने भएको छ ।
यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाद्वारा जारी गरिएका १ करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्ड एससीटी नेटवर्कअन्तर्गतका एटीएममा प्रयोग गर्न सकिने भएको हो । यसका साथै डाइनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकलाई पनि एटीएममार्फत कारोबार गर्न सहज र सरल हुने आशा गरिएको छ ।
यो सुविधा छिट्टै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका एटीएममा पनि विस्तार गर्ने योजना राखिएको छ । हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपाली र नेपाल भ्रमण गर्ने भारतीय नागरिकलाई नेपालमा चलाउन समस्या थियो । अब रुपे कार्ड प्रयोगकर्तालाई निकै सहज हुनेछ ।
SHARE YOUR THOUGHTS