प्रभु स्मार्ट फण्ड निष्कासन, १० वर्षमा २५५ प्रतिशत लाभांश दिने « Eglish Khabarhub

प्रभु स्मार्ट फण्ड निष्कासन, १० वर्षमा २५५ प्रतिशत लाभांश दिने



काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु स्मार्ट फण्ड’ आजदेखि निष्कासन गरेको छ ।

प्रतिइकाई १० रुपैयाँका दरले ८० करोड रुपैयाँको ८ करोड इकाई फण्ड निष्कासन गरेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्ने जनाएको छ ।

८ करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटलले ८ लाख इकाई गरी १ करोड २० लाख ईकाई सुरक्षित गरेको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणका लागि निष्कासन गरेको छ ।
फण्डमा २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ ।

फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको जनाएको छ । बार्षिक औषतमा २५.५० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको जनाएको छ । फण्डमा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Publish on: