
काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक ३०.७७ अंकले घटेर परिसूचक १९३८.२५ बिन्दुमा ओर्लिएको छ ।
२५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर १ अर्ब ३९ करोड २३ ५४ हजार ८९३ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार राताम्मे बन्दा सबै समूहको उपसूचक घटेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १२.०८, विकास बैंक ४९.४०, वित्त कम्पनी २९.६९ होटल ६८.१०, जलविद्युत ५३.०४, जीवन बीमा १७३.३४, उत्पादन तथा प्रशोधन १४२.४५, माइक्रोफाइनान्स ८८.९०, निर्जीबन बीमा समूहको उपसूचक ६३.९५ अंकले घटेको छ ।
बजार राताम्मे बन्दा पनि सुपर मादी हाईड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था, एनएमबि ५०, एनआईबिइएल प्रगति फण्डका सेयरधनीले कमाएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४५२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर रहेको छ ।

SHARE YOUR THOUGHTS