कृषि अनुसन्धान परिषद्‍मा ३४९ जनालाई जागिरको अवसर, क-कसले दिन मिल्छ आवेदन ? « Eglish Khabarhub

कृषि अनुसन्धान परिषद्‍मा ३४९ जनालाई जागिरको अवसर, क-कसले दिन मिल्छ आवेदन ?



काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न ३४९ पदमा रोजगारीका लागि आवेदन माग गरेको छ ।
परिषद्ले आज सूचना जारी गर्दै विभिन्न ३४९ पदमा रोजगारीका लागि आवेदन माग गरेको हो ।

परिषद्ले वरिष्ठ वैज्ञानिक, वैज्ञानिक, प्राविधिकतर्फ वरिष्ठ अधिकृत, प्रशासनतर्फ प्रशासकीय अधिकृत, लेखा अधिकृत, प्रशासन तथा लेखातर्फ प्रमुख प्रशासन सहायक, लेखापाल, सह लेखापाल, प्रशासन सहायकलगायतका पदमा आवेदन माग गरेको हो ।

सबैभन्दा धेरै रोजगारी प्राविधिक तर्फ जेटी पदका लागि रहेका छन् । यो पदमा ४९ जनाको माग गरिएको छ।

त्यस्तै, परिषद्ले आन्तरिक मूल्याकंन बढुवा (फाइल बढुवा) सम्बन्धी सूचना पनि प्रकाशित गर्दै मूख्य प्रशासकिय अधिकृत, मुख्य लेखा अधिकृत, मुख्य वैज्ञानिक, वरिष्ठ प्राविधिक अधिकृत, लेखापाल, प्राविधिक अधिकृतलगायतमा पदमा पनि १४० जनाको बढुवा र आन्तरिक प्रतियोगितात्मक परीक्षामार्फत परिषद्मा रिक्त रहेका विभिन्न पदमा ६९ जनाका लागि रोजगारी खुलाएको छ ।

Publish on: