![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । सेयर बजारमा सामान्य सुधार गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ६.९० अंकले बढेर परिसूचक १९२६.४० बिन्दुमा रोकिएको छ ।
कारोबारको सुरुमा बजारमा केही सुधार देखिएको भएपनि करिब १ वर्ष पछि बजारमा गिरावट देखियो । कारोबारमा बैंकिङ समूहको उपसूचक ६.७२, विकास बैंक १५.२९, जीवन बीमा ६३.९१, उत्पादन तथा प्रशोधन ४९.११, माइक्रोफाइनान्स समूहको उपसूचक ३७.६८ अंकले घटेको छ ।
कारोबारमा होटल २६.६३, जलविद्युत ६.८१, जीवन बीमा समूहको उपसूचक २.७२, ट्रेडिङ समूहको उपसूचक २.६१ अंकले बढेको छ ।
यो दिन २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा मानुषी लघुवित्त, युनिक नेपाल, शुभम पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी पहिलो स्थानमा छ । कम्पनीको ६ करोड १० लाख ९८ हजार ६३३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिभव सिमेन्ट र एनआईसी एशिया बैंक रहेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/03/image-19.png)
SHARE YOUR THOUGHTS