![](https://internal.appharu.com/wp-content/uploads/2023/03/balen-biruddha-andolan-768x432.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (वालेन) विरुद्ध प्रर्दशन भएको छ ।
मेयर साहको अगुवाइमा कानुनविपरित सुकुम्बासीहरुलाई उठिबास लगाउन खोजेको भन्दै सोमबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको बिरोध प्रर्दशन गरिएको हो ।
आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।
उनले संविधान, कानुन विपरित भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।
विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।
SHARE YOUR THOUGHTS