वित्तीय साक्षरता दिँदा बैंक तथा वित्तीय संस्थाले सेवाको प्रचार गर्न नपाउने « Eglish Khabarhub

वित्तीय साक्षरता दिँदा बैंक तथा वित्तीय संस्थाले सेवाको प्रचार गर्न नपाउने



काठमाडौं । राष्ट्र बैंकले बैंकले वित्तीय साक्षरता प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले सेवाको प्रचार गर्न नपाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्थामा ‘संस्थाले वित्तीय साक्षरता सम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, संस्थाको ब्राण्डिंग गर्ने, व्यापारीक क्याम्पेन गर्ने नभई मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुनुपर्ने’ उल्लेख छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
वत्तीय साक्षरता सामाग्रीको निर्माण गर्दा वैयक्तिक-व्यत्तिगत सञ्चार र परामर्श, पत्रपत्रिका, रेडियो तथा एफ.एम.,टेलिभिजन (साधारण नेपाली तथा स्थानिय भाषामा), सामुहिक प्रस्तुति र वार्ता कार्यक्रम, सामाजिक सञ्जाल, वेभसाईट, मोवाइल एप्लीकेशन, प्रकाशनहरु, पम्प्लेट, बुकलेट, हाते किताब, गीत, संगित, कथा, कविता, कमिक आदि, मोवाइल लाइब्रेरी, डिजिटल बोर्ड, तालिम (पाठ्य सामाग्री), अनलाईन खेलकुद, प्रतियोगिता र पाठ्य सामाग्री, शैक्षिक भ्रमण, नाटक (सडक, स्कुल र अन्य) कुरा उल्लेख गर्नुपर्ने मार्गदर्शनमा रहेको छ ।

मार्गदर्शनमा वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्ने, लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामाग्रीको प्रयोग सुनिश्चित गर्ने, वित्तयि साक्षरता कार्यक्रमको अनुगमनका लागि आधार निर्माण गर्ने, वित्तीय चेतना, ज्ञान र सीपको अभिवृदि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने, आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने योजना रहेको छ ।

Publish on: