गगन थापा र १८ दिनदेखि अनसनरत विकास तिवारीबीच ४ बुँदे सहमति, अनसन तोडियो « Eglish Khabarhub

गगन थापा र १८ दिनदेखि अनसनरत विकास तिवारीबीच ४ बुँदे सहमति, अनसन तोडियो


२५ मंसिर २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । डा. गोविन्द केसीको माग पूरा गर्दै अनसन तोडाउन सफल भएका स्वास्थ्यमन्त्री गगन थापाले १८ दिनदेखि अनसनरत राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पतालमा आमरण अनसन बसेका विकास तिवारीलाई अनसन तोडाउन सफल भएका छन् ।

मन्त्री थापाको उपस्थितिमा सगरमाथा अञ्चल अस्पताल हाताभित्र अनशनमा बसेका अध्यक्ष तिवारीलाई स्थानीय एक बालिकाले  जुस खुवाएर अनशन तोडाएको मन्त्रीका प्रेस सल्लाहकार जिबन भण्डारीले क्लिकमाण्डूलाई बताए।

मन्त्री थापा र अध्यक्ष तिवारीबीच छलफल भई दुबै पक्षबाट चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको र त्यो सहमति भएका विषय पूरा गर्ने प्रतिवद्धता जनाएपछि अनशन तोडिएको हो ।

महिनाभित्र अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक सरकारले खटाउने, अस्पतालको अनियमितता सम्बन्धमा स्वास्थ्य मन्त्रालयले सात दिनभित्र उच्चस्तरीय छानबिन समिति बनाउने र उक्त समितिले १५ दिनभित्र प्रतिवेदन बुझाएपछि दोषी ठहर भएकालाई कारबाही गर्ने लगायतका विषयमा दुबै पक्षबीच सहमति भएको थापाका स्वकीय सचिव शैलेश सिटौलाले जानकारी दिए ।

तिवारीको माग सम्वोधनका लागि मन्त्रालयले यसअघि छुट्टा छुट्टै तीन ओटा टोलीलाई बार्ता र स्थलगत अध्ययनका लागि खटाएको थियो । उनीहरुले गरेको बार्ता र छलफल सकारात्मक भएपनि तिवारीले मन्त्री थापाकै उपस्थीतिमा अनशन तोड्ने शर्त राखेपछि मन्त्री थापा मन्त्रालयको उच्चस्तरिय टोली सहित शुक्रबार सप्तारी गएका थिए

टोलीले तिवारीको टोलीसँग झण्डै चार घण्टा बार्ता गरेपछि चारबुदेँ सम्झौता भएको प्रमुख प्रशासक डोटेलले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७३, शनिबार ००:००  १ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping