२९ मंसिर २०८२, आइतबार

शान्तिवाटिकामा मिटरब्याज पीडितको विजोग (तस्बिरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारबाट न्याय पाउने आशमा काठमाडौँ आएका मिटरब्याज पीडितको झन् विजोग भएको छ । माइतीघर विरोध प्रदर्शनपछि बास बस्न शान्तिवाटिका पुगेकाहरूको बिचल्ली भएको हो ।

उनीहरूले दिउँसो मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएका उनीहरुले ‘किसानको भूमि फिर्ता गर’, ‘फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर’, ‘मिटरब्याजीलाई कारबाही गर’, ‘झुटा आश्वासन बन्द गर’, ‘उत्पीडित किसान एक होऔं’ लगायतका नारा लेखिएका प्लाकार्डसहित विरोध गरेका थिए ।

मिटरब्याज पीडितको यो अर्को टोली हो । उनीहरू महोत्तरी, राैतहट, सर्लाही, नवलपरासीलगायत जिल्लाबाट आएका हुन् । प्रदर्शनपछि बास बस्न उनीहरू शान्तिवाटिका पुगेका छन् ।