प्रधानमन्त्रीलाई रविको चेतावनीः अनुसन्धानको लहरोले ठूला नेतालाई छाड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सांसद रवि लामिछानले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्दा ठूला नेताहरुलाई छाडेमा आफूहरु हेरेर मात्रै नबस्ने भन्दै प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानले शिर्ष नेताहरुको तिव्र भेटघाट, फरार रहेका र नाम आएकामाथिको अनुसन्धान फितालो भएको भन्दै अनुसन्धान हुँदा ठुला नेता र उनीहरुका सन्तानलाई छाडेमा आफूहरु हेरेर मात्रै नबस्ने बताएका हुन ।

‘शिर्ष नेताहरुको तिव्र भेटघाट, फरार (गराईएका) अझैं सम्पर्क बिहिन, नाम आएकाहरु माथिको अनुसन्धान फितलो!’, रविले लेखेका छन्, ‘खबरदार, अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानको ‘जगजाहेर तान्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन ।’

उनले एउटा मात्रै फाइल खोल्दा प्रधानमन्त्रीलाई ज्वरो निकालेको भन्दै प्रश्न समेत गरेका छन् । भुटानी शरणार्थी प्रकरणमा अहिले भइरहेको घटनाक्रमलाई ख्याल सम्झने भुल नगर्न भन्दै उनले यस्तो बताएका हुन ।

‘यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला । प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त? एउटा तोप पड्काउन यत्रो सकस!’

हेर्नुहाेस रविकाे स्टेटस !