जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा राष्ट्रले लगायो कैँची, ७६‍.८४ बाट १५% मा झारियो « Eglish Khabarhub

जाल्पा सामुदायिक लघुवित्तको लाभांशमा राष्ट्रले लगायो कैँची, ७६‍.८४ बाट १५% मा झारियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांशमा कैची लगाएको छ ।

कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७३ प्रतिशत बोनस र कर प्रयोजानका लागि ३.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

कम्पनीले सेयरधनीलाई दिन प्रस्ताव गरेको बम्पर लाभांशमा राष्ट्र बैंकले कैची लगाएपछि अहिले १५ प्रतिशतमा खुम्चिएको छ ।

राष्ट्र बैंकले लाभांश घटाएपछि अब कम्पनीले गत आवको नाफाबाट १४.२५ प्रतिशत बानेस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Publish on: