नेपोभिट टाइल्स दोस्रो वर्षमा

काठमाडौं । नेपोभिट टाइल्सले स्थापनाको एक वर्ष पूरा गरेको छ । बाराको जितपुरमा २०७९ सालमा स्थापना भएको कम्पनीले बुधबार पहिलो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा नेपोभिट टाइल्सका प्रबन्ध निर्देशक मनोज रौनियारले एक वर्षको चुनौती तथा सम्भावनाबारे जानकारी गराउँदै नेपोभिट टाइल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुने बताए ।

त्यसैगरी, अधक्ष्य शम्भुनाथ झाले नेपोभिटले एक वर्षमा भोग्नुपरेका समस्या उजागर गरे । उनले कच्चा पदार्थ उत्खन् र ढुवानीसम्बन्धी स्पष्ट ऐन कानुन नहुनाले लागत रकम बढेको जानकारी गराए ।

कम्पनीले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको टाइल्स उत्पादन गर्दै आएको छ ।