
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा १४२ रोजगारीको अवसर खुलेको छ
क्यानले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि खुला तथा समावेशी प्रतिस्पर्धात्मक परीक्षा प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी रोजगारी खुलाएको हो ।
प्रबन्धकदेखि उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, सहायकलगायतका पदका लागि रोजगारीको अवसर खुलेको हो ।
सूचना प्रकाशित भएको २१ दिनभित्र अर्थात जेठ १८ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुरमा नियमित दस्तुरमा दरखास्त दिने मितिपछि सात दिनभित्र फारम भर्न सकिने क्यानले जनाएको छ ।
त्यस्तै, क्यानले आन्तरिक प्रतियोगिता परिक्षाद्ववारा पनि पदपूर्तिका लागि सूचना निकालेको छ । आन्तरिक परिक्षामार्फत निर्देशक, उपनिर्देशक, प्रबन्धक, उप प्रबन्धन, वरिष्ठ अधिकृत, अधिकृतलगायतका पदको पूर्ति गरिने क्यानले जनाएको छ ।
क्यानले आज नै कार्य क्षमता मूल्यांकनद्वारा हुने बढुवासम्बन्धि पनि सूचना प्रकाशित गरेको छ । निर्देशकदेखि प्रबन्धक, उपप्रबन्धक, अधिकृत, वरिष्ठसहायक लगायतका पदको कार्य क्षमता मूल्यांकन द्वारा बढुवा हुने क्यानले जनाएको छ ।
SHARE YOUR THOUGHTS