मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारलाई महासंघ वरिष्ठ उपाध्यक्षको प्रश्न- निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अब बदलिन्छ कि !


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्न सरकारको दृष्टिकोण बदलिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्यमा महासंघले तयार पारेको ‘स्टेट अफ प्राइभेट सेक्टर इन नेपाल’ अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले अर्थतन्त्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानका विषयमा जानकारी पाएपछि सरकारको दृष्टिकोण बदलिनुपर्ने बताएका हुन् ।

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८५ प्रतिशत रहेको तथ्य पेस गर्दै उनले अब सरकारले निजी क्षेत्रलाई फरक हिसाबले हेर्नुपर्ने स्पष्ट पारे ।

‘प्रतिवेदनले सबै कुरा समेटेको जस्तो लाग्छ मलाई,’ उनले भने, ‘भोलिका दिनमा अर्थतन्त्रको विकासमा, हामीले सोचेको दिगो विकासका लागि यो प्रतिवेदन मार्गचित्र हुनेछ भन्ने विश्वास छ ।’

निजी क्षेत्र कुन अवस्थामा छ र कसरी अघि बढ्नुपर्छ भन्ने पनि प्रस्तुत भइसकेकाले त्यही हिसाबले नीति तर्जुमा गर्न उनले उद्योगमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराए ।