मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय यातायात नीति बनाउने, पूर्वाधारमा दुई सिफ्टमा काम गर्ने


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय यातायात नीति बनाइने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक यातायातमा संघ, प्रदेश र स्थानीय तहको अधिकार प्रस्ट हुने गरी नीति बनाउने बताएका हुन् ।

पौडेलले राष्ट्रिय पूर्वाधार गुरुयोजना तयार गर्ने र पूर्वाधार निर्माणका क्षेत्रमा दुई सिफ्टमा काम गरिने बताए ।

त्यस्तै आगामी आर्थिक वर्षको अन्त्यसम्ममा हुम्ला जिम्ला सदरमुकामलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सरकारको योजना छ ।