मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्कियो, ८० वर्षीय वृद्धको हेलिकप्टरमार्फत उद्धार


दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान ७:३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते भएपछि उgलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो।

आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।