धेरै नाफा कमाउनेमा विद्युत प्राधिकरण, बढी नोक्सान आयल निगमको (सूचीसहित)

काठमाडौं । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल विद्युत प्राधिकरण रहेको छ । यस्तै सबैभन्दा बढी नोक्सानमा नेपाल आयल निगम रहेको छ ।

गत असार मसान्तसम्म प्राधिरणले १३ अर्ब ३७ करोड ४६ लाख ७१ ह्जार रुपैयाँ नाफा आर्जन गरेको छ । नाफा आर्जनमा दोस्रो स्थानमा दूरसञ्चार प्राधिकरण रहेको छ । प्राधिकरणले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सार्वजनिक संस्थानमध्ये १ अर्ब भन्दा बढी नाफा आर्जन गर्नेमा ९ वटा रहेका छन् । नाफा आर्जन गरेका २५ वटा संस्थामा बाँकीको नाफा अर्ब भन्दा कम रहेको छ । सबैभन्दा थोरै नाफा २५ लाख ४२ हजार रुपैयाँ रहेको छ । यस्तै नेपाल पूर्वाधार निर्माण कम्पनीको ३८ लाख १८ हजार रुपैयाँ नाफा रहेको छ ।

धेरै नोक्सानमा रहेको नेपाल आयल निगम रहेको छ । निगम असार मसान्तसम्म ३८ अर्ब १७ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

यस्तै नेपाल वायुसेवा निगमको नोक्सान १ अर्ब ७० करोड ३० लाख, नेपाल खानेपानी संस्थानको ३९ करोड ५४ लाख, दुग्ध विकास संस्थान ३७ करोड ४ लाख नोक्सानमा रहेको छ ।