तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन « Eglish Khabarhub

तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन



कलैया । बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा देवनन्दन साहले जानकारी दिए ।

जिल्लामा स्थानीय जातको ३१ हजार ३१० वटा गाई, उन्नत जातको एक लाख चार हजार ९९९ गाई, स्थानीय जातको ४५ हजार ७७१ भैँसी, उन्नत जातको एक लाख आठ हजार ३२२ भैँसी रहेका तथ्यांक छ ।

दुई लाख ९० हजार ३०२ गाई–भैँसीबाट ६५ हजार ३३८ मेट्रिक टन दूध उत्पादन भएको साहले बताए। जिल्लामा २०२ गाई फार्म र २७ भैँसी फार्म रहेको छ ।

Publish on: