अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पाटाले अभियान चलाउने « Eglish Khabarhub

अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पाटाले अभियान चलाउने



काठमाडौँ। मुलुकको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण पर्यटकीय ‘इभेन्ट’ गर्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले थप मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाउने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगमलगायत संस्थाको साझेदारीमा अन्तरराष्ट्रिय कार्यक्रम गर्दै आएको पाटाले पहिलो पटक ‘स्क्याण्डिभिएन कन्ट्री’ नर्वे जर्मन, डेनमार्क, फिनल्याण्ड, स्वीडेनलगायत देशमा ‘सेल्स मिसन’ चलाउने तयारी गरेको हो ।

त्यस्तै पर्यटकीय सम्भावना बोकेका चीन, युरोप, अमेरिका, रसियालगायत मुलुकमा पाटाको प्रवद्र्धनात्मक अभियान विस्तार गर्ने योजना छ ।

नेपालमा पर्यटकीय सम्भावना बोकेका मुलुकबाट सेवाग्राही ‘पोटेन्सियल क्लाइन्ट’ भित्र्याउने उद्देश्यले पाटाले फरक किसिमको ‘सेल्स मिसन’ लैजाने योजना बनाएको पाटाको प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए । उनका अनुसार यस्तो कार्यक्रम सन् २०१८ मा गर्ने तयारी छ ।

पाटाले आफ्ना च्याप्टर रहेका मुलुकमा हरेक वर्ष ‘पाटा ट्राभल मार्ट’ गर्दै आएको छ । एक–अर्का देशका व्यवसायीबीच व्यापार आदानप्रदान गर्ने उपयुक्त माध्यमका रुपमा मार्टलाई लिइन्छ । पाटा ट्राभल मार्टको ४० औँ संस्करण आगामी भदौमा मकाउमा हुँदैछ ।

Publish on: