काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् ।
उनी गत बैशाख १२ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । । हालका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि २०७४ श्रावण १२ गते सकिएपछि गुरुङ्ग प्रमुख कार्यकारी अधिकृतको नेतृत्वदायी भुमिकामा नियुक्त भएका हुन् ।
विगत २१ बर्ष देखि बैंकिङ्ग क्षेत्रमा सकृय छन् । उनले हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा विगत ५ बर्ष देखि आवद्घ थिए ।
बैंकको व्यवस्थापनको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बैंकका नव नियूक्त प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए ।
SHARE YOUR THOUGHTS