छेन्दु (चीन) । जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् ।
उनको सम्मानमा होटल जिन जियाङमा रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युष्टि पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारीको सहभागिता थियो ।
यसअघि उपप्रधानमन्त्री श्रेष्ठले आजै छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्र र १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको अवलोकन गरे । उनले शुक्रबार सिचुवान विश्वविद्यालयका पदाधिकारीसँग भेट र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनेछन् ।
SHARE YOUR THOUGHTS