विद्युतिय ट्रान्सफर्मर चोरी गर्ने चार जना पक्राउ « Eglish Khabarhub

विद्युतिय ट्रान्सफर्मर चोरी गर्ने चार जना पक्राउ



रौतहट । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्मर चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका-१ भसेढवा बस्ने ४६ वर्षीय रामलाल महतो, सोही ठाउँ बस्ने ३६ वर्षीय बिरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् ।

रौतहटका विभिन्न स्थानबाट ट्रान्सफर्मरबाट तार लगायतका सामान चोरी गरेको घटना अनुसन्धानको क्रममा खटिएको प्रहरीले गरुडा नगरपालिका-४ स्थित कवारबाट तामाको चुडी १ सय ७५ किलो ७ सय ग्राम, तामाको क्वाईल १ सय २९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम सहित पक्राउ गरेको जनाएको छ ।

उनीहरूबाट मोटरसाइकल २ थान, १ थान स्कुटर र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको जनाएको छ । उनीहरू उपर जिल्ला अदालत रौतहटबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । छ ।

Publish on: